ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

दुबईमा बस्ने नेपालीले हेर्नैपर्ने सूचना, अलपत्र परेका नेपालीले यसरी लाभ लिन सक्दछन्

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । संयुक्त अरब ईमिरेट्स (युएई) मा अवैधानिकरूपमा युएईमा रहेका आप्रवासी कामदारका लागि युएईले दुई महिना समयसीमा दिएर आममाफी (एमनेष्टी–२०२४) योजना लागु गरेको छ । सेप्टेम्बर १ तारिखदेखि लागू यस योजना अन्तर्गत कुनै पनि कारण हुन गइ गैरकानुनी तवरबाट युएईमा बसोबास गरिरहेका आप्रवासी कामदारलाई कानुनी दायरामा ल्याउन समय सीमा तोकी आममाफी घोषणा गरिएको हो ।

तोकिएको योजनामार्फत विभिन्न कारणले कामको सिलसिलामा वा भिजिट भिषामा आइ यूएईमा अलपत्र परेका नेपालीहरूले लाभ लिन सक्नेछन् । नेपाली दूतावास आबुधाबीले नेपालीहरूलाई सम्पर्कमा आउन अनुरोध गर्दै आममाफी प्रक्रियाबाट स्वदेश फर्किन वा पुनः युएईमा वैधानिक बनेर बस्न चाहने नेपालीलाई समयमै सम्पर्कमा आएर अवसरको फाइदा उठाउन भनेको छ ।

सम्पूर्ण सूचना तलको विज्ञप्तिमा पढ्नुहोस्

Health Tips Ad Road Block