ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

नाडा अटो शोमा मिस युनिभर्स नेपालका प्रतियोगीहरुद्वारा एनटर्क डिस्क बिएस सिक्स एफआई सार्वजनिक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्रआधिकारिक वितरक जगदम्बामोटर्सले एनटर्क डिस्क बिएस सिक्स एफआई सार्वजनिक गरेको छ । नाडा अटो शोमामिस युनिभर्सका शीर्ष २२ प्रतियोगीहरुद्वारा उक्त एनटर्कको नयाँ भेरियन्ट सार्वजनिक गरिएको हो ।

एनटर्क डिस्क बिएस सिक्स एफआईमा रहेको अत्याधुनिक प्रविधि र आरटिएफआइ बिएस सिक्स प्रणालीले उत्कृष्ट माइलेज प्रदान गर्दछ । यस भेरियन्टमा रहेको स्मार्ट एक्स कनेक्ट अन्तर्गत कलर आइडी, नेभिगेसन असिस्ट, ब्लुटुथ र एसएमएस अलर्टहरू पनि उपलब्ध छन् । साथै ब्रेक लक, स्ट्यान्ड सेन्सर, लास्ट पार्क लोकेसन र इमर्जेन्सी लाइट जस्ता सुविधाहरु पनि यस भेरियन्टमा उपलब्ध छ । एनटर्क डिस्क बिएस सिक्स एफआईको मूल्यमात्र २,७९,९०० रुपैयाँ रहेको छ । अन्य ब्राण्डका ११० सिसिको मूल्य जति नै मूल्य रहेको एनटर्क १२५ सिसिको यो भरियन्ट यती धेरै फिचरहरुका साथ लन्च गर्न पाउनु ठूलो उपलब्धी भएको कम्पनीले जनाएको छ ।

टिभिएसको लाइफटाइम वारेन्टीको सुविधा, स्पेयर पार्टस् को १ घण्टाभित्र डेलिभरीको सुविधा र नेपालकै पहिलो स्पोर्टी स्मार्ट स्कुटर भएकाले यो ब्राण्डको बजारमा आफ्नो स्थान थप बलियो रहेको कम्पनीको दाबी छ । साथमा यसमा रहेको लोयल्टी एपले ग्राहकको अनुभवलाई झनै राम्रो बनाउने र एनटर्क डिस्क बिएस सिक्स एफआई राइडरहरूको लागिपहिलो चोइस हुने कम्पनीको विश्वास छ ।
एनटर्क डिस्क बिएस सिक्स एफआईमा रहेको फिचरहरुले राइडरहरुलाई विशेष अनुभव प्रदान गर्नेछ । नयाँ भेरियन्टमा उन्नत इन्जिनियरिङ, उत्कृष्ट पर्फर्मेन्स र स्टाइलिस डिजाइनले साहसी युवा राइडरहरूलाइ स्वभाविक रुपमा आकर्षित गर्ने कम्पनीको भनाइ छ ।

नेपालभरका सबै आधिकारिक टिभिएस डिलरहरूमा तथा नाडा अटो शोमा पनि एनटर्क डिस्क बिएस सिक्स एफआई उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

 

Health Tips Ad Road Block