skip this News Page Tips Ad Road Block

नाडा अटो शोमा गाडीको मूल्य छुटको प्रतिष्पर्धा, ग्राहकलाई भने फाइदा

काठमाडौं । चाडपर्व लक्षित गरेर प्रत्येक वर्ष हुने गरेको नाडा अटो शोमा यसपाली ८० प्रतिशत विद्युतीय सवारी(इभी)ले कब्जा जमाएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो–२०२४ मा यो कब्जा मात्रै छैन अटो शोमा गाडी बुकिङ गर्नेहरुका लागि विशेष छुट अफर पनि एकपछि अर्काे गर्दै सार्वजनिक भइरहेका छन् ।

कुन कम्पनीले कति छुट दिएका छन् भनेर उपभोक्ताले अटो शोमा भरपुर जानकारी लिन सक्नेछन् । कम्पनीहरुले पनि विभिन्न अफर सार्वजनिक गर्दै शोरुममा पनि सम्पर्क गर्नसक्ने बताइरहेका छन् ।

अहिले बजारमा एकपछि अर्काे गर्दै नयाँ विद्युतीय कार एवं दुई पाँग्रे इभीका सवारीका नयाँ ब्राण्ड र प्रतिष्पर्धि मोडलको संख्या वृद्धिसँगै मूल्यमा पनि उत्तिकै प्रतिष्पर्धा रहेको छ । त्यहि प्रतिष्पर्धा नाडा अटो शोमा देखिएको छ ।

यो प्रतिष्पर्धाका कारण विशेष छुटले उपभोक्ताका लागि भने फाइदा भइरहेको छ । सर्वसाधारणहरुले नाडा अटो शोमा बुकिङ गर्दा मूल्य छुटको अफर पाएको प्रतिक्रिया दिएका छन् ।

गाडी कम्पनीहरुले नाडा अटो शो अवधिभर वा दशैं तिहार अफर पनि नाडा अटो शोको स्टलबाटै दैनिकजसो घोषणा गरिरहेका छन् ।

Health Tips Ad Road Block