Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एउटै पालिकाका ६१ किसानमा क्यान्सर र १५ किसानको मिर्गौला फेल भएपछि विषादीबारे जाँच्न कार्यदल गठन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गोरखाको गण्डकी गाउँपालिकाका केही वडाहरूमा कृषकको स्वास्थ्यमा देखिएको समस्याको अध्ययन गर्न पाँच सदस्यीय समिति गठन गरेका छन् ।  केही दिन यता गण्डकी गाउँपालिकाका केही वडाहरूमा तरकारी खेतीमा अधिक विषादी प्रयोग गर्दा कृषककै स्वास्थ्यमा गम्भीर समस्या आएको समाचार विभिन्न सञ्चार माध्यममा आएपछि मन्त्री अधिकारीले वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेका हुन् ।

विषयुक्त होइन, विष मुक्त उत्पादनमा जोड दिँदै आएका कृषि मन्त्री अधिकारीले एउटै गाउँपालिकाका ६१ जना तरकारी किसानमा क्यान्सर र १५ जनाको मिर्गौला फेल भएको समाचार आएलगतै बसेको आकस्मिक बैठकले प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत पोख्रेलको संयोजकत्वमा  समिति बनाएका हुन् । कार्यदलमा नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक डा. काशीनाथ चिलुवाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत रिजन कार्की, केन्द्रीय कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत विवेक सुनार र प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रका बाली संरक्षण अधिकृत माधव भट्ट रहेका छन् ।

‘गण्डकी गाउँपालिका, गोरखामा देखिएको विषादी दुरुपयोग सम्बन्धी समस्याबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न यस मन्त्रालयका माननीय मन्त्रीज्यूको समुउपस्थितिमा मिति २०८१ भदौ ११ गते बसेको आकस्मिक बैठकको निर्णयअनुसार तपसिल बमोजिमको पाँच (५) सदस्यीय कार्यदल गठन गरिएको छ,’ निर्णयमा भनिएको छ ।

कार्यदललाई प्रभावित भनिएको स्थानमै पुगेर वास्तविक अवस्थासहितको प्रतिवेदन पेस गर्न भनिएको छ । पोख्रेल नेतृत्वको कार्यदल बुधबार नै प्रभावित ठाउँ पुगेर काम सुरू गरिसकेको छ ।

Health Tips Ad Road Block