skip this News Page Tips Ad Road Block

अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या

काठमाडौं । अमेरिकाको टेक्ससमा एउटा अपार्टमेन्टमा बसोबास गर्दै आएकी २१ वर्षकी नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानी हत्या गरिएको छ । सोमबार साँझा पाण्डेको छातीमा धेरै गोली लागेको भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी तीन वर्ष अघि अमेरिका पुगेकी थिइन् । घटनापछि अपार्टमेन्टका अधिकारीहरुले फोन गरेर एम्बुलेन्सलाई जानकारी गराएको र ती एम्बुलेन्समा आएका चिकित्सकहरुले घटनास्थलमा जाँच गर्दा उनको मृत्यु भइसकेको पाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

पाण्डे त्यहाँको ह्युज्टन कम्युनिटी कलेजमा स्नातक तहमा अध्ययनरत थिइन् । उनको नेपाल घर भोजपुर रहेको बताइएको छ । पारिवारिक स्रोतलाई उद्धृत गर्दै समाचार संस्थाहरुले जनाएअनुसार पाण्डेको एक जना श्वेत अमेरिकी केटासँग प्रेम सम्बन्ध रहेको थियो ।

प्रहरीले सन्दिग्ध अपराधीको खोजतलास भइरहेको जनाएको छ ।

Health Tips Ad Road Block