skip this News Page Tips Ad Road Block

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च विन्दुमा पुगेर रेकर्ड बनाएको छ । तोलाको १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।

यसअघि भदौ ५ गते बुधबार नै सुनको मूल्य नयाँ रेकर्डको विन्दुमा कारोबार भएको थियो । गत बुधबार सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा किनबेच भएको थियो । मूल्यमा रेकर्ड कायम हुनुमा अन्तर्राष्ट्रिय बजार प्रभाव नै मुख्य कारण हो । अन्तर्राष्ट्रिय बजारमा देखिएको द्धन्दको प्रभाव, अमेरिकी अर्थतन्त्रमा देखिएको सुधार र शेयर बजारको बृद्धिले सुन बजारमा प्रभाव परेको विश्लेषकहरुको भनाई छ ।

मंगलबारको तुलनामा सुनको मूल्य ८ सय रुपैयाँले बढेको हो । चाँदीको प्रतितोला १८५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Health Tips Ad Road Block