ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

आइएमई लिमिटेडको सीइओमा पौडेल, डिजिटल रेमिटेन्सलाई थप चुस्त र सुलभ बनाउने प्रतिबद्धता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आइएमई लिमिटेडको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले कार्यभार सम्हालेका छन् । आइएमई र जीएमई रेमिट एक भई एकीकृत कारोबार सुरु भएसँगै पौडेलले कार्यभार सम्हालेका हुन् ।

जीएमई रेमिटको स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृत रहेका पौडेलको रेमिटेन्स क्षेत्रमा २५ वर्षको अनुभव रहेको छ । आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै पौडेलले प्रतिस्पर्धी बजारमा अझै स्तरीय तथा विस्तारित रेमिटेन्स सेवा प्रदान गर्न थप योगदान दिने बताएका छन् ।

यसै गरी समग्र रेमिटेन्स सेवालाई थप सरल, सहज एवम् थप प्रविधियुक्त बनाउँदै डिजिटल रुपान्तरणलार्इ थप तीव्रता दिने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरे। डिजिटल रेमिटेन्सको अवधारणालाई मुख्य प्राथमिकतामा राखेको र डिजिटल रेमिटेन्स तर्फको रुपान्तरणले आइएमईको सेवालाई थप चुस्त र सुलभ बनाउने पनि पौडेलले उल्लेख गरे ।

यसै गरी रेमिटेन्स कम्पनीहरूको कार्यक्षेत्र विस्तारमा पहल गर्ने तथा रेमिटेन्स रकमलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी राष्ट्रिय आम्दानी बढाउँदै रोजगारी सृजनामा योगदानका लागि तत्पर रहेको पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरे ।

यसअघि बुधबार आइएमई र जीएमई मर्जरपछिको एकीकृत कारोबार शुरु भएको थियो ।

Health Tips Ad Road Block