skip this News Page Tips Ad Road Block

जापानमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं । बिहीबार जापानमा शक्तिशाली भूकम्प गएको छ । ७.१ म्याग्निच्युडको भूकम्प गएको जापानको सरकारी समाचार संस्था एनएचेले जनाएको छ ।

एनएचेका अनुसार भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको क्युशु रहेको छ । भूकम्पका कारण मियाजाकी र कोची प्रान्तमा सुनामीको सम्भावना रहेको अधिकारीहरुको भनाइ छ । भूकम्पले पुर्‍याएको क्षतिको विवरण भने आइसकेको छैन ।

यसअघि २०८० पुसमा जापानको इशिकावामा ७.६ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा चार दर्जन मानिसको मृत्यु भएको थियो ।

Health Tips Ad Road Block