Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आइएमईमार्फत विदेशबाट पठाएको रकम अब सिधै सहकारीको खातामा जम्मा गर्न सकिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आइएमई लिमिटेड र सहकारी संस्थालाई प्रविधिमैत्री बनाई रहेको कम्पनी एम बैंक (मोबाइल बैङ्किग) बीच विदेशबाट पठाएको रकम अब सिधै सहकारीको खातामा जम्मा गर्न सकिने सम्झौता भएको छ । सम्झौतासँगै एमबैंकमा आबद्ध सहकारीका सदस्यहरूले आइएमई रेमिटेन्समार्फत पठाएको पैसा सिधै आफ्नो खातामा जम्मा गर्न सक्ने भएका छन् । यसरी मोबाइल बैङ्किग तथा भुक्तानी प्लेटफर्म ‘एम बैंक’ मार्फत सहकारीका सदस्यहरूले सिधै आफ्नो खातामा पैसा जम्मा गर्न सक्नेछन् ।

आईएमई लिमिटेड र एम बैंक टेक्नोलोजी प्रा.लि. बीच रेमिटेन्स बापत पठाएको रकम सिधै जम्मा गर्न सकिने सम्झौता भएको हो । आइएमईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र एम बैंक टेक्नोलोजीका संस्थापक तथा प्रबन्ध निर्देशक सञ्जय महासेठले सम्झौतामा हस्ताक्षर गरेका छन्।

एम बैंकले नेपालभरका करिब ५ सय सहकारी संस्थालाई मोबाइल बैङ्किङ तथा भुक्तानी प्लेटफर्म प्रदान गरिरहेको छ । एमबैंकसँग आबद्ध सहकारीहरूले रेमिटेन्सको रकम सिधै आफ्नो सहकारीको खातामा प्राप्त गर्न सक्नेछन् । मोबाइलबाटै आफ्नै सहकारीको खातामा रेमिटेन्स रकमको भुक्तानी लिन सकिने यस व्यवस्थाले धेरै सदस्यहरू लाभान्वित हुने विश्वास एम बैंकले लिएको प्रमुख महासेठले जानकारी दिए ।

शुक्रबारबाट ९ औँ वर्षमा प्रवेश गरेको एम बैंक सहकारी क्षेत्रमा लोकप्रिय मोबाइल बैङ्किग तथा भुक्तानी प्लेटफर्म कम्पनी हो । स्थापना दिवसकै अवसरमा आईएमईसँग सहकार्य गरी रेमिटेन्स सेवालाई सुरुवात गरिएको एम बैंकले जनाएको छ ।

यसबाहेक एमबैंक मार्फत सहकारीका सदस्यलाई आफ्नो खातामा रहेको ब्यालेन्स ट्रान्सफर गर्न, ब्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी लिन, फोन, नेट, टिभी, रिचार्ज गर्ने, डिजिटल वालेट लोड गर्न सकिने, बिजुलीको विल, खानेपानी बिल भुक्तानी गर्ने, बस तथा हवाई टिकट, होटेल बुक गर्न, क्यु आर भुक्तानी गर्ने, विभिन्न सरकारी सेवाको भुक्तानी गर्ने लगायतका अन्य विभिन्न सेवाहरू सहजै लिन सक्ने सुविधा  छ ।

Health Tips Ad Road Block