skip this News Page Tips Ad Road Block

बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्व सम्पदा क्षेत्र खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत

काठमाडौं । गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव सर्वसम्मतले अस्वीकृत भएको छ । युनेस्को वल्र्ड हेरिटेज कमिटीको ४६ औँ सेसन अन्तर्गत भारतको नयाँदिल्लीमा विश्व सम्पदा समितिमा बिहीबार भएको मस्यौदाउपर छलफल गरी लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

नेपालका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव डा. गणेशप्रसाद पाण्डेय, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामासहित सहभागी बैठकमा र विभिन्न देशका प्रतिनिधिले बुद्ध जन्मस्थल लुम्बिनी विश्वकै अलौकिक महत्वको स्थल भएकाले नेपाललाई सुधारका लागि समय दिनुपर्ने भन्दै खतराको सूचीमा नराख्ने पक्षमा उभिएका हुन् ।

लुम्बिनी विकास कोषका अनुसार बैठकमा लुम्बिनीलाई खतराको सूचीको मस्यौदाउपर भारतले संशोधन प्रस्ताव राखेको र संशोधन प्रस्तावको पक्षमा अन्तिममा सबैको समर्थन भएको हो । युनेस्कोले लुम्बिनीमा सम्पदा संरक्षणविपरीतका गतिविधि र पूर्वाधार निर्माण भएको भन्दै खतराको सूचीमा राख्ने भन्दै २००२ देखि चेतावनी दिँदै आएको थियो ।

लुम्बिनीलाई खतराको सूचीमा नराख्न युनेस्को तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईलगायतको कूटनीतिक पहललाई महत्वपूणरुप्मा लिइएको छ । मन्त्रालयका सचिव पाण्डेय, कोषका उपाध्यक्ष डा. लामा, कोषाध्यक्ष ढुण्डीराज भट्टराई, कोषका सदस्यसचिव सानुराजा शाक्य, वरिष्ठ निर्देशक ज्ञानिन राई र वरिष्ठ पुरातत्त्व अधिकृत हिमालकुमार उप्रेती सहभागी भएका छन् ।

Health Tips Ad Road Block