काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ ।
प्राविधिक मर्मतसम्भारका लागि काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान उडान भर्ने क्रममा रनवेको पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै जहाज दुर्घटनामा परेको हो । जहाज दुर्घटना भएपछि विमानस्थलमा आगोको मुस्लो उडेको थियो । पोखराका लागि उडेको जहाजमा १९ यात्रु सवार रहेको प्रारम्भिक जानकारी छ ।