skip this News Page Tips Ad Road Block

शिक्षा मन्त्रालयद्वारा समकक्षताको प्रमाणपत्रबारे छानबिन गर्न समिति गठन

काठमाडौं । शिक्षा मन्त्रालयद्वारा समकक्षताको प्रमाणपत्रबारे छानबिन गर्न समिति गठन गरेको छ। सो मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा भए गरिएका काम कारबाही सम्बन्धमा र प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, लाग्ने दस्तुर लगायतका विषयमा छानबिन गर्न समिति गठन भएको मन्त्रालयका प्रवक्ता सहसचिव केशव प्रसाद दाहालले जानकारी दिए ।

वक्ता दाहालका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उप महानिर्देशकको संयोजकत्वमा गठित तीन सदस्यीय समितिलाई सुझाव सहितको प्रतिवेदन पेश गर्न मन्त्रिस्तरीय निर्णय अनुसार ७ दिनको समयसीमा प्रदान गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

साउन ६ गतेको प्रतिनिधि सभाको बैठकमा सदस्यहरूले यस विषयमा प्रश्न उठाएका थिए ।

Health Tips Ad Road Block