ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

नेपालमा एक वर्षमा १६ खर्ब बराबरको सामान आयात, व्यापार घाटा करिब साढे १४ खर्ब

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अघिल्लो वर्ष भन्दा १९ खर्ब बराबरको वस्तु तथा सेवा कम आयात भएपनि आर्थिक वर्ष २०८०/०८१ मा करिब १६ खर्ब रुपैयाँ बराबरको सामान नेपाल भित्रिएको छ । भन्सार विभागको एक वर्षको तथ्याँकअनुसार आयात १.१६ प्रतिशतले घटेर १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाखमा झरेको छ । अछिल्लो वर्ष भने १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपैयाँ बराबरको आयात भएको थियो ।

यता एक वर्षमा निर्यात भने ३.०३ प्रतिशतले घटेर एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँमा झरेको छ । आर्थिक वर्ष २०७९/८० मा एक खर्ब ५७ अर्ब १४ करोड ६९ लाख रुपैयाँको निर्यात भएको थियो ।

गत एक वर्षमा व्यापार घाटा ०.९६ प्रतिशतले घटेर १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष भने १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपैयाँको व्यापार घाटा भएको थियो । गएको वर्षमा मुलुकको समग्र वैदेशिक व्यापारमा १.३३ प्रतिशतले कमी आई १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजार रुपैयाँमा सीमित हुन पुगेको छ ।

यो एक वर्षमा पेट्रोलियम पदार्थ ल्याउनका लागि ३ खर्ब ३७ अर्ब ३४ करोड रुपैयाँ बाहिरएको छ । यसले पनि व्यापार घाटा उच्च देखाएको हो ।

Health Tips Ad Road Block