skip this News Page Tips Ad Road Block

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका आचार्य नियुक्त

लुम्बिनी । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्यलार्य नियुक्त गरेका हुन् ।

लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व पहिले नेकपा (एमाले)ले गर्ने सहमति भएअनुसार एमाले र नेपाली कांग्रेसका ५६ सांसदको हस्ताक्षरसहित सोमबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा आचार्यलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउन दाबी पेस गरिएको थियो ।

८७ सांसद रहेको लुम्बिनी प्रदेशमा ठूलो दलको रूपमा रहेको नेकपा (एमाले)का २९ जना कांग्रेसका २७ जना सांसद छन् । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि ४४ सांसदको समर्थन चाहिनेछ ।

Health Tips Ad Road Block