ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सरकारको लगानी रहेको ४० मेगावाटको राहुघाट जलविद्युतको सुरुङ निर्माण अन्तिम चरणमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ ।

प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाटको दुई हजार तीन सय ३२ मिटर लामो सुरुङ निर्माण पूरा हुन लागेको हो । जम्मा १३ मिटर सुरुङ खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋणसहित नेपाल विद्युत प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा आयोजना निर्माण भइरहेको हो ।

यो अर्धजलाशययुक्त आयोजना हाे।

Health Tips Ad Road Block