skip this News Page Tips Ad Road Block

सुनको मूल्यले एकपछि अर्काे रेकर्ड कायम गर्नुको कारण यस्तो छ

काठमाडौं । सुनको मूल्य तोलाको डेढ लाख भनेपछि मानिसहरुको आङ नै सिरिङ्ग हुन थालिसकेको छ । हो सुनको मूल्य साउन दुई गते बुधबार १ लाख ४९ हजार ८०० अर्थात डेढ लाखलाई दुई सय रुपैयाँ मात्रै कममा पुगेपछि धेरैलाई यस्तो भएको हो । मूल्यले एकपछि अर्काे गर्दै नयाँ रेकर्डको विन्दु समातेपछि नेपालीहरुमाझ अब सुन किन्ने होइन बेच्ने क्रम बढ्दै गएको छ । व्यवसायीका अनुसार मूल्यले रेकर्ड बनाएपछि सुन बेच्नेको संख्या बढ्दै गएको हो ।

सुनको मूल्य यो साताभर उच्च विन्दुमा नै रह्यो । तोलाको १ लाख ४६ हजार सात सयदेखि माथि नै यो साताभर कारोबार भयो । मूल्य यसरी उकासिनुको मुख्य कारण नेपाली बजार हो त ? यो प्रश्न सबैमा छ तर अहिले मूल्य बढ्नुको कारण अन्तर्राष्ट्रिय बजार हो ।

यो साताभर नै विश्व बजारमा सुनको मूल्य बढ्दो क्रममा रह्यो । ब्याजदर कटौती गर्ने अमेरिकी रिजर्भ बैंक (फेड) को संकेत र राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पको कम दर र ट्यारिफको संभावनाले सुनको खरिद बढ्न गई मूल्य वृद्धिमा चाप परेको विश्लेषकहरुको धारणा छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसलाई पुष्टि गरेको छ ।

महासंघका अनुसार मूल्य बढ्नाले व्यवसायी र उपभोक्ता दुवै मर्कामा परेका छन् ।

 

Health Tips Ad Road Block