ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

ठमेल पर्यटन विकास परिषद्मा ध्रुव अधिकारी विजयी, अरु क–कसले जिते हेर्नुहोस् (प्राप्त मतसहित)

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्, ठमेल काठमाडौंको अध्यक्षमा ध्रुव अधिकारी विजयी भएका छन् । परिषद्को २८ औं र २९ औं वार्षिक साधारण सभापछि भएको निर्वाचनबाट ५६२ मत प्राप्त गरी अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । २०८१ असार ३१ गते सम्पन्न निर्वाचन र साउन १ गते बिहान साढे १ बजे सम्पन्न निर्वाचन मत परिणामअनुसार अध्यक्षका प्रत्यासी भविश्वर शर्माले ४५० मत ल्याएको निर्वाचन समितिले जानकारी दिएको छ ।

परिषद्को उपाध्यक्षहरुमा सहदेव धमला (६१८), राजिव पाण्डे (७४९) र श्रीकृष्ण थपलिया(५२१) मत पाएर विजयी भएका छन् । उपाध्यक्षका अर्का प्रत्यासी चेतनाथ पूडासैनीले (४५७) मत मात्र पाए । महासचिवमा बद्री प्रसाद तिमल्सिना (६५५) मतसहित विजयी भए । उनका प्रत्यासी सोजेशमान मालाकारले (३२४) मत पाए ।

सचिवमा पुण्यराम लागेजु (६६०) मतसहित विजयी भएको निर्वाचन अधिकृत उमादेवी प्रसाइँले जानकारी दिईन् । अर्का सचिवका प्रत्यासी दिलिप कँडेल (मिलन)ले (२६५) मत पाए । कोषाध्यक्षमा प्रकाश थपलिया निर्विरोध निर्वाचित भएका हुन् ।

परिषद्को सदस्यहरु ८ जना निर्वाचित हुने व्यवस्था छ । निर्वाचन अधिकृतका अनुसार सदस्यहरुमा कोपिला सिंखडा (५७४), रोशन अधिकारी (५७४), कुमार नेपाली (५३७), विनोद श्रेष्ठ (५२९), अमृत थोकर लामा (५०६), सानुकाजी महर्जन (५१८), रमेश विश्वकर्मा (४५३) र बढी प्रसाद अर्याल (४३३) मत पाएर विजयी भएका छन् । सदस्यका प्रत्यासीहरु पूर्ण प्रसाद चौलागाईँ(४१९), रंजय मान प्रधान (३९७), नविन तामाङ (३१५), सुदर्शन खनाल(४००), जनक सिंह तामाङ (२७२) र लालवान चौधरी (४०१) मतमा खुम्चिए ।

Health Tips Ad Road Block