Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । बीबीसीले जनाएअनुसार उनको हत्या गर्ने उदेश्यले आक्रमण भएको हुनसक्ने बताइएको छ । नेपाली समयअनुसार आइतबार बिहान अमेरिकाको पेन्सिल्वेनियामा भएको एक र्‍यालीमा सहभागी भएका बेला ट्रम्पमाथि गोली प्रहार भएको हो ।

गोली प्रहारबाट ट्रम्पको अनुहार र कानमा चोट लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् । उनको अवस्था सामान्य रहेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । गोली प्रहारबाट घाइते ट्रम्पलाई गुप्तचरहरूले नजिकैको अस्पतालमा लगेका थिए ।

बीबीसीले जनाएअनुसार गोलीको आवाज आएपछि सुरक्षाकर्मीहरूले ट्रम्पलाई तत्कालै मञ्चबाट निकालेर गाडीतर्फ लगेका थिए। त्यस क्रममा ट्रम्पले मुट्ठी उचाल्दै समर्थकहरूप्रति सङ्केत गरेका थिए। ट्रम्पले आफैँले खोलेको सामाजिक सञ्जाल ‘ट्रूथ सोशलू मा एउटा सन्देश लेख्दै आफू सकुशल रहेको र स्थानीय स्वास्थ्य संस्थाले उनको उपचार गरिरहेको जनाएका छन्। ट्रम्पले लेखेका छन्, ‘सुइँय्य गरेको आवाज सुन्नेबित्तिकै मलाई केही गडबड छ भन्ने लाग्यो, गोली चलेको र मेरो छाला खुइल्याउँदै गोली गएको मलाई महसुस भयो।’ ‘धेरै रगत बगेपछि के भएको हो भन्ने मैले थाहा पाएँ।’

उनलाई बचाउन सुरक्षा अधिकारीहरू दौडादौड गरेको दृश्यबीच उनको कान र अनुहारमा रगत बगेको स्पष्टरूपमा देखिएको थियो। बीबीसी

Health Tips Ad Road Block