काठमाडौं । सरकारले खाना पकाउने एलपी ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी गरिरहेको छ । घरायसी र व्यावसायिक प्रयोजनका लागि छुुट्टाछुुट्टै मूल्य कायम गर्ने तयारी भइरहेको नेपाल आयल निगमले जनाएको छ ।
उपभोक्तालाई सहुलियत दिने हिसाबले दुईथरी मूल्य कायम गर्न खोजिएको निगमको भनाइ छ । राष्ट्रिय परिचयपत्रका आधारमा ग्राहकलाई दोहोरो मूल्य कायम गरी सहुुलियत दिने तयारी निगमको छ ।
पाँचतारे होटेलदेखि सडक पेटीमा चिया बेच्नेहरु र सर्वसाधारण उपभोक्तालाई एउटै मूूल्य हुुँदा उपभोक्ता मारमा परेको भन्दै निगम यो तयारीमा जुटेको हो । हाल घरायसी र व्यावसायिक प्रयोजनका लागि एउटै मूल्य रहेको छ । बजारमा खाना पकाउने एलपी ग्यासको मूल्य एक हजार ९१० रुपैयाँ रहेको छ । एलपी ग्यासमा परल मूल्य कायम गरी घरायसी प्रयोजनमा उपभोग गर्नेलाई ‘क्यास ब्याक’ गर्ने योजना निगमको रहेको छ ।