skip this News Page Tips Ad Road Block

नौबिसेदेखि मलेखुसम्मको सडक १५ दिन बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसेदेखि मलेखु सडकखण्ड १५ दिनका लागि बन्द गरिने भएको छ । आजदेखि साउन ९ गतेसम्म निर्माण कार्य गरिने भएकाले उक्त सडकखण्ड रातिको समयमा बन्द गरिने भएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजनाका अनुसार राति १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर विभिन्न निर्माण कार्यसहित पुलको बिम राख्ने कार्य गर्न गरिनेछ ।
यो बेला गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलको गडर लन्चिङ गर्न लागिएको छ । दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको आयोजनाको भनाइ छ ।

काम सुचारु गरिरहँदा सवारी आवागमनमा बाधा पर्न जाने भएकाले सवारीको चाप नहुने रातिको समयमा काम गर्न लागिएको हो । सडक बन्द ुने भनिएपनि एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनसहित अत्यावश्यक सवारी भने संचालन हुनेछ । यता जिल्ला प्रहरी कार्यालय धादिङले सूचना जारी सम्पूर्ण चालकलाई आफ्नो लेनमा अनुशासन कायम राख्न र जथाभावी ओभरटेक नगर्न भनेको छ ।

प्रहरीले राजमार्ग भएर यात्रा गर्ने सवारी साधनलाई वैकल्पिक मार्गको रुपमा गल्छी–विदुर–छहरे–टोखा सडक प्रयोग गर्न सकिने बताएको छ ।

Health Tips Ad Road Block