Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

गोल्डेन ड्रयागन ब्रान्डका विद्युतीय भ्यानहरु अब नेपालमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अर्क्स ग्रुप प्रालिले चीनकै उत्कृष्ट विश्वविख्यात मोटर निर्माता कम्पनी गोल्डेन ड्रयागनको १४ सिट क्षमताको विद्युतीय भ्यान नेपाली बजारमा ल्याएको छ। अर्क्स ग्रुपले १४ सिट क्षमताको विद्युतीय भ्यान ५७ लाखमा बिक्री गर्ने जनाएको छ।

गोल्डेन ड्रयागनको १४ सिट क्षमताको भ्यानमा विश्वको सबैभन्दा ठूलो ईभी व्याट्री उत्पादक सीएटीएलले उत्पादन गरेको ५३ किलोवाट आवर व्याट्री प्याक हुने कम्पनीले जनाएको छ। एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो भ्यानमा ८० किलोवाट पिक पावरको मोटर जडान गरिएको कम्पनीले जनाएको छ ।

हालसम्म विश्वका १२० भन्दा बढी देशमा निर्यात भइरहेको गोल्डेन ड्रयागनका भ्यानहरू नेपालका लागि आधिकारिक बिक्रेता अर्क्स ग्रुपले उच्च गुणस्तर र भरपर्दो सेवाको प्रतिबद्धता सहित उपलब्ध गराउने जनाएको छ।

त्यस्तै, अर्क्स ग्रुपले गोल्डेन ड्रयागनले उत्पादन गरेको १६ सिट क्षमताको विद्युतीय माइक्रोबस पनि नेपाल ल्याउने प्रक्रिया सुरु गरेको जनाएको छ।

गोल्डेन ड्रयागनले १६ सिट क्षमताको विद्युतीय माइक्रोबस केही महिनाभित्र नेपाल आइपुग्ने अर्क्स ग्रुपले जनाएको छ। थी भ्यानहरु लामो दूरी र छोटो दूरीका विभिन्न यातायात संचालक, ट्राभल एजेन्सी, ट्रेकिङ्ग, अस्पताल, स्कुल, होटेल, कर्पोरेट कार्यालय लगायतका विभिन्न क्षेत्रका लागि अत्यन्तै उपयोगी र व्यवहारिक हुने विश्वास गरिएको छ भने बिद्युत् सञ्चालन हुने हुँदा यी भ्यानहरु पर्यावरणमैत्री मात्र नभई, सञ्चालन खर्चमा पनि कमी ल्याउने विश्वास लिइएको छ ।

Health Tips Ad Road Block