ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

तेस्रो संस्करणको ‘फेसन फेयर अवार्ड’ अगष्टमा

Citizenlife ad 2082 falgun to baishak 2083

नगरकोट । ईभेण्ट आयोजक ड्रिम सर्च एजेन्सीले अगष्टमा फेसन फेयर अवार्ड गर्ने भएको छ । शनिबार नगरकोटमा पत्रकार सम्मेलन गर्दै कम्पनीले अवार्ड सेरेमोनी आयोजना गर्न लागेको जानकारी गराएको हो ।

सो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक कमल निकोन क्षेत्रीले फेसन, इभेण्ट, म्युजिक, बिजनेश र सोसल विधामा अवार्ड वितरण गरिने बताए ।

यसअघि मल्ल होटलमा दोस्रो संस्करणको अवार्ड शो सम्पन्न भएको थियो र यो तेस्रो संस्करणको अवार्ड शो हो। कम्पनीले समाजिक दायित्वलाई निभाउने र राष्ट्रिय महत्वका क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावलाई यो अवार्ड प्रदान गर्नेछ, क्षेत्रीले बताए ।

Health Tips Ad Road Block