Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपालमा २२ सिट क्षमताको विद्युतीय लक्जरी बस आउँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । शशिला मोटर्स प्रा.लि.ले भ्यान्चे ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुबाहक बस नेपाल भित्र्याउने भएको छ । एक पटकको फुलचार्जमा ३ सय किलोमिटर गुड्ने यो बसमा ४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिकपावर रहने कम्पनीले बताएको छ । १ सय २३ किलोवाटको ब्याट्री जडान हुने यो बसमा पूर्ण रुपमा एयर कन्डिसन र सबै खाले सेफ्टी फिचर उपलब्ध हुनेछ भने लम्बाई २५ फिट हुनेछ ।

फराकिला सिट र पर्याप्त खाली ठाउँ हुने भएकाले लामो तथा छोटो दूरीमा संचालन गर्न यो बस यात्रु मैत्री हुने शशिला मोटर्स प्रा.लि.का प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बताएका छन् । १ सय २३ किलोवाटको ब्याट्री क्षमताको विद्युतीय गाडी नेपालमै पहिलो पटक ल्याउन लागिएको खतिवडाको दाबी छ । उनले बस आइपुग्नु भन्दा पहिला आवश्यक पार्टपुर्जा र सर्भिसिङ तथा मर्मत सबैको ब्यवस्था मिलाइने र बस संचालकलाई बिना झन्जट सेवा दिने पनि बताए ।

दशैंलाई लक्षित गरी ल्याउन लागिएको उक्त बसको बुकिङ्ग भने अहिलेदेखि नै खुला भएको छ । बसको मूल्य निर्धारण हुन बाँकी नै रहे पनि अहिले नै बुकिङ गर्ने पहिलो ५० ग्राहकले ८९ लाख ९० हजारमा पाउने र त्यसपछि मूल्य केही बढ्ने कम्पनीले जनाएको छ ।

विगत दश बर्षदेखि ब्यवसायिक गाडीहरु बिक्री वितरण गर्दै आएको शशिला मोटर्स प्रा.लि. पछिल्लो समय नेपालको लागि हाइगर विद्युतीय बसको आधिकारिक बिक्रेता रहेकोमा अब नेपालको लागि भ्यान्चे ब्राण्डका सबै बस तथा भ्यानहरुको पनि आधिकारिक बिक्रेता बनेको छ ।

Health Tips Ad Road Block