skip this News Page Tips Ad Road Block

असार १५ मा देशभर १ अर्ब ५४ करोड रुपैयाँको दही बिक्री

काठमाडौं । यसपालीको असार १५ दही चिउरा खाने दिनमा देशभर १ अर्ब ५४ करोड रुपैयाँ बराबरको दही बिक्री भएको छ । नेपाल डेरी एसोसिएसनका अनुसार देशभर ६२ लाख लिटर दही बिक्री भएको छ । एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले भने, ‘असार १५ को लागि ७ देखि ८ गुणा बढी दहि खपत हुने वार्षिक अनुमान हो । यो भनेको दैनिक खपत हुने ७ लाख २७ हजार लिटरको ७ देखि ८ गुणाले ६२ लाख लिटर हो । यसको बजार मूल्य १५० देखि २०० सम्म पर्ने र त्यसको औसत १७० निकाल्दा १ अर्ब ५४ करोड रुपैयाँ हाराहारी पर्न जानेछ ।’

दाहालका अनुसार दिनभर घाम लागेका कारण सोचेभन्दा बढी दहीको बिक्री भएको छ । विगत वर्षको तुलना गर्दा घाम नलागेको दिनमा ५ देखि १० प्रतिशतसम्म कम दही बिक्री हुने गरेको अनुभव रहेको अध्यक्ष दाहालले बताए ।

Health Tips Ad Road Block