ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

१७ वर्षपछि दोस्रोपटक छिमेकी भारतले जित्यो टी–ट्वान्टी विश्वकप क्रिकेट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले १७ वर्षपछि आइसिसी ट्वान्टी–२० विश्वकप जितेको छ। शनिबार राति सम्पन्न खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले दोस्रोपटक टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधी उचालेको हो । भारतले सन् २००७ पछि उपाधि हातमा पारेको हो । भारत जारी प्रतियोगितामा अपराजित रहन पुग्यो । यसअघि पहिलो संस्करणमा भारतले पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो। भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६९ रनमात्रै बनाएको थियो ।

दक्षिण अफ्रिकाका हाइनरिक क्लासनले सर्वाधिक ५२ रन बनाए। २७ बल खेलका उनले दुई चौका र पाँच छक्का प्रहार गरे। क्विन्टन डी कक ३९, ट्रिस्टन स्टब्स ३१ र डेभिड मिलर २१ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्। भारतका हार्दिक पाण्ड्याले सर्वाधिक तीन विकेट लिए। अर्शदीप सिंह र जसप्रीत बुहराहले समान दुई विकेट लिँदा अक्षर पटेलको नाममा एक विकेट रह्यो। त्यसअघि बार्बडसस्थित किंगस्टन ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७६ रन बनाएको थियो। भारतका विराट कोहलीले सर्वाधिक ७६ रन बनाए। ५९ बल खेलेका उनले ६ चौका र दुई छक्का प्रहार गरे। अक्षर पटेल ४७ र शिवम् दुबे २७ रनमा आउट हुँदा हार्दिक पाण्ड्या पाँच रनमा अविजित रहे। अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

केशव महराजा र एनरिर्च नोर्ट्जेले समान दुई विकेट लिए। मार्को जोन्सन र कागिसो रबाडाको नाममा एक एक विकेट रह्यो।

Health Tips Ad Road Block