Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एनएमएद्धारा गन्जला चुली (कागा) हिमाल आरोहणमा निस्किएका २७ महिला टोलीको बिदाई

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)ले गन्जला चुली (कागा) हिमाल आरोहणमा निस्किएका २७ महिला टोलीको बिदाई गरेको छ ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको ५,८६३ मीटर अग्लो गन्जला चुली (कागा) आरोहणमा निस्किएका समावेशी महिला समूहलाई पत्रकार सम्मेलन गरी एनएमएले बिदाई गरेको हो । उनीहरु असार १५ गते त्यस हिमालको आरोहणतर्फ लाग्नेछन् । ती महिलाहरुको समावेशी समूहले २ हप्तामा हिमालको आरोहण सम्पन्न गर्ने सो अवसरमा जानकारी दिइएको थियो ।

त्यस आरोहणमा संलग्नमध्ये १० जना समावेशी नेपाली महिला समूहले सन् २००८मा विश्वको उच्च शिखर सगरमाथाको सफल आरोहण गरेको जानकारी दिइएको थियो । त्यसै आरोहणका समूहका ७ सदस्यहरुले सन् २०१० देखि क्रमशः विश्वका मातै महादेशका अग्ला हिमाल आरोहण अभियान शुरु गरि सन् २०१४ मा सबै शिखरहरुको सफलताका साथ आरोहण सम्पन्न गरी विश्वकै पहिलो महिला टोली बन्न सफल भएको पनि जानकारी दिइयो ।

टोलीले विश्व समावेशी साहसी संस्थामार्फत शिक्षा, वातावरण र सशक्तिकरणमा विभिन्न कार्यक्रम गर्दै आइरहेको जनाएको छ । यसै अन्तर्गत हिमाली वातावरण संरक्षण तथा सरसफाई, पिछडिएका महिला तथा बेचविखनका परेका र जोखिममा रहेका किशोरीहरुलाई शिक्षा, सिप र आत्मनिर्भरताका लागि नेतृत्व विकासजस्ता कार्यक्रम छन् । उक्त कार्यक्रमहरु मध्ये किशोरीहरुलाई शिक्षा, सिप र आत्मनिर्भरता का लागि नेतृत्व विकास कार्यक्रम विगत २ वर्ष देखि सिन्धुपाल्चोक र काठमाडौंका ७ वटा सेन्टरहरुबाट फिमेल लिडरसिप एकाडेमी कार्यक्रम अन्तर्गत संचालन भइरहेको संस्थाले जनाएको छ।

नेपाल पर्यटनको लागि आकर्षक गन्तव्य भएको र यसको उचित पहिचान गर्दै स्थानीयलाई रोजगारी दिलाउन प्रचुर सम्भावना र अवसर रहेकोले विश्व समावेशी साहसी संस्थाले शुरुवाती दिनहरुबाटै मानव स्रोतमा लगानी गर्दै आइरहेको बताएको छ । काठमाडौबाट नजिक सिन्धुपाल्चोकमा पर्याप्त पर्यटकीय स्थलहरु रहेको र यसलाई पनि पर्यटन गन्तव्य बनाई राष्ट्रिय र अन्तर्राष्ट्यि रुपमा चिनाउने उद्देश्यले विभिन्न कामहरु गर्दै आइरहेको संस्थाले जनाएको छ ।

त्यही सिलसिलामा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको गन्जला चुली (कागा) (५८६३ मिटर)को आरोहणका लागि २७ जना महिला टोली त्यसतर्फ प्रस्थान गरेको र उनीहरुदाई दक्ष गइड बनाउने उदेश्य संस्थाको रहेको सो अवसरमा जानकारी दिइएको थियो ।

Health Tips Ad Road Block