ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

डेरी एसोसिएसनले गर्यो दही चिउरा प्रवर्द्धन कार्यक्रम

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल डेरी एसोसिएसनले दही चिउरा प्रवर्द्धन कार्यक्रम गरेको छ । असार पन्ध्रको पूर्वसन्ध्यामा एसोसिएसनले दही चिउरा प्रवर्द्धन कार्यक्रम गरेको हो ।

कार्यक्रममा एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले असार १५ लाई मानो रोपेर मुरी फलाउने दिनका रुपमा लिने गरिएको बताउँदै असार १५ लाई धान दिवसका रुपमा मनाइनुका साथै दही चिउरा पनि खाइने संस्कारका रुपमा मनाइने बताए । दही चिउराको महत्वबारे देशैभर जानकारी गराउन एसोसिएसनले पत्रकार सम्मेलनसँगै प्रवर्द्धन कार्यक्रम गरेको हो । अध्यक्ष दाहालले भने, ‘दही चिउरा खाएमा हिलो लाग्ने अथवा घाउ खटिरा आएमा दही चिउरा खाएमा ठिक हुन्छ भन्ने हाम्रो परम्परा रहेको छ । यो वैज्ञानिकरुपमा पनि प्रमाणित छ । बेठी लगाउने र आलीमा बसेर दही चिउरा खाने त्यतिबेलाको चलन विस्तारै हराउँदै गएका हुनाले पुनः हाम्रो आउने सन्ततीलाई जानकारी गराउनुपर्दछ भनेर प्रवद्र्धनात्मक कार्यक्रम गरेको हो ।’

दही चिउरा खाने हाम्रो संस्कृति जोगाउन पनि यो कार्यक्रम गरिएको दाहाल बताउँछन् । हाम्रा कुरा लोप हुन नदिने र नेपालीको दही चिउरा, खीर खाने लगायत चलन बचाउन पनि यसलाई रोपाईँसँगै अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

दही चिउरा स्वस्थकर पौष्टिक आहार भएकाले पनि यसको प्रचारप्रसार धेरै हुनुपर्ने एसोसियसनले जनाएको छ । नेपालमा असार पन्ध्रलाई दही चिउरा खाने दिनकोरुपमा परापूर्वकालदेखि नै मनाइने गरिन्छ ।

Health Tips Ad Road Block