ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सुदूरपश्चिमको शिर अपि हिमालमा ट्रेकिङ सुरु

पर्यटकीय सूचना केन्द्र स्थापना

Citizenlife ad 2082 falgun to baishak 2083

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो हिमाल अपि हिमालको प्रर्वद्धनको लागि अपि हिमाल गाउँपालिकाको मकरीगाडमा पर्यटकीय सूचना केन्द्र निर्माण गरिएको छ । नेपाल पर्यटन बोर्ड तथा युएनडिपिको सहकार्यमा संचालित जीविकोपार्जन पुनःरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी) र अपि हिमाल गाउँपालिका दार्चुलाको सहकार्यमा अपिहिमाल ४ मकरीगाडमा सूचना केन्द्र निर्माण गरिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, पर्यटन बोर्ड, एसटीएलआरपीका प्रतिनिधि तथा पर्यटन व्यवसायीहरुको सहभागितामा हालै अपि हिमाल गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले सो सूचना केन्द्र तथा कोशेलीको उद्घाटन गरे । सो अवसरमा अपि हिमालको म्याप समेत विमोचन गरिएको थियो । यो सूचना केन्द्रले अपि हिमाल आधार शिविरसम्म ट्रेकिङ जाने पर्यटकलाई सूचना आदान प्रदान गर्ने तथा कोशलीघरको स्थानीय उत्पादनलाई बिक्रीवितरण गर्न सहयोग पुग्ने छ ।

 

कैलालीको धनगढीबाट डोटी, डडेलधुरा, बैतडी हुँदै दार्चुलाको गोकुलेश्वर मकरीगाढसम्म डेढ दिनको गाडी यात्रा र मकरीगाडसम्म नौपाटा, सिटी होमस्टे, धौली ओडार हुँदै पाँचौ दिनमा अपिहिमाल वेसक्यापमा पुग्न सकिन्छ । त्यहाँबाट तीन दिनमा पुनः धनगढी फर्कन सकिन्छ ।

सो अवसरमा पालिका अध्यक्ष बोहराले सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमाल अपि हिमाल वेस क्याम्पसम्म जान विभिन्न पूर्वाधार बनिरहेको जानकारी दिँदै सूचना केन्द्र निर्माण तथा कोशेलीघर निर्माणले यस क्षेत्रमा आउने पर्यटकलाई सूचना प्रदान गर्न तथा सो क्षेत्रको उत्पादन प्रर्वद्धन गर्न सहयोग पुग्ने बताए । अपि हिमाल गाउँपालिकामा अपि संगै नाम्पा,कापाचुली, जेठिबहुरानी लगायतका थुपैं हिमालहरु रहेकोले यस क्षेत्रमा पर्यतीय पर्यटनको व्यापक सम्भावना रहेको समेत अध्यक्ष बोहराले बताए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकृत गुणराज भट्टराइले अपि हिमाल प्रर्वद्धन गर्न सक्दा यसले सुदूरपश्चिम क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थपिने बताए । नेपाल पर्यटन बोर्डका अधिृकत प्रदीप बस्नेतले सूचना केन्द्र स्थापनासँगै अपि हिमाल टे्रकिङ शुरु हुँदा यस क्षेत्रमा पर्यटक आगमन बढ्ने उल्लेख गर्दै पर्यटन बोर्ड यस क्षेत्रको प्रर्वद्धनमा लाग्ने बताए ।

एसटिएलआरपी परियोजनाका निमित्त प्रवन्धक धर्म दवाडीले परियोजनाले पालिकासँगको सहकार्यमा सूचना केन्द्र तथा कोशेलीघर निर्माण मकरीगाडदेखि अपि हिमाल वेशसक्याम्प्सम्म विभिन्न स्थानमा काठेपुल निर्माण ,पर्यटक सूचना बोर्ड,फोहरमैला व्यबस्थापन लगायतका कार्य गरेको बताए । नाटाका सुदूरपश्चिम अध्यक्ष पदम विक्रम सिंहले सुदूर पश्चिममा पर्यटनको व्यापक सम्भावना रहेकोमा अपि हिमाल टे्रकिङले नयाँ पर्यटकीय प्रडक्ट थपिएको बताउँदै व्यवसायीहरु यसको प्रर्वद्धनमा लाग्ने बताए ।

होटल व्यवसायी सघ कैलालीका अध्यक्ष केशवदत्त पाण्डेले यो ट«ेकिङ रुट आर्कषक रहेकोले आन्तकि तथा बाह्य पर्यटक भित्र्याउन सकिने पर्याप्त सम्भावना रहेको बताए । सूचना केन्द्र उद्घाटनसँगै वैशाख २२ गते देखि २६ गतेसम्म पर्यटन मन्त्रालयका प्रतिनिधी, स्थानीय जनप्रतिनिधी, प्रहरी तथा पर्यटन व्यवसायीहरु सम्मिलित टोलीले अपिहिमाल बेस क्याम्पसम्मको टे्रकिङ यात्रा सम्पन्न गरेको अपिहिमाल ५ का वडाध्यक्ष राजेन्द्र सिंह धामीले जानकारी दिए ।

कसरी जाने ?

चमेलीया नदीको मुहान समेत रहेको अपि हिमाल अपि बेस क्याम्प जान काठमाडौंबाट धनगढीसम्मको हवाई तथा अत्तरियाबाट अपिहिमाल गाउँपालिकाको मकरीगाडसम्म २७१ किमी मोटरबाटोको यात्रा गर्न सकिन्छ । मकरीमाडदेखि बेस क्याम्पसम्म २ दिन पैदल यात्रा गर्नुपर्छ । मकरीगाडदेखि अपि हिमाल गाउँपालिकाको वडा नं ४ खण्डेश्वरीबाट र वडा नं २ बला हुँदै बेस क्याम्प जान सकिन्छ । बाटोमा वडा नं ४ को नौपाटा र वडा नं २ को सितिमा होम स्टेको व्यवस्था छ । बेस क्याम्प जाँदा सिमार र धौलीओडारमा पर्यटकलाई आराम गर्न आश्रय भवनको समेत व्यवस्था गरिएको छ ।

Health Tips Ad Road Block