काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटनका लागि जाँदैगर्दा उनी अस्वस्थ भएका हुन् ।
त्यसपछि उनलाई स्थानीय अस्पताल हुँदै हेलिकप्टरमार्फत् काठमाडौं ल्याएर नर्भिक अस्पतालमा राखेर उपचार सुरु भएको छ ।