काठमाडौं । संसदको बजेट अधिवेशनको बारेमा दलका शिर्ष नेताहरु सिंहदरबारमा जम्मा भएर छलफल गरेका छन् ।
सभामुख देवराज घिमिरेले संसदको बजेट अधिवेशनको बारेमा छलफल गर्न दलका शिर्ष नेताहरुलाई बोलाएका हुन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, राश्वपा सभापति रवि लामिछाने लगायत सहभागी छन् ।





















