ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

दैलेखमा पेट्रोलियम पदार्थ निकाल्ने सोचसहित सुरु भयो अन्वेषणात्मक ‘बेल ड्रिलिङ’

Citizenlife ad 2082 falgun to baishak 2083

दैलेख जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण तथा उत्खननका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण र उपकरण जडान कार्य सकिएसँगै पेट्रोलियम अन्वेषणात्मक ‘बेल ड्रिलिङ’ सुरु भएको हो । उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारी पेट्रोलियम पदार्थको अन्बेषणात्मक ‘बेल ड्रिलिङ’ कार्यको उद्घाटन गरेका छन् ।

पेट्रोलियम पदार्थको अन्बेषणात्मक ड्रिलिङ कार्यको उद्घाटन गर्दै मन्त्री भण्डारीले देशमा रहेका थुप्रै खानीहरूको अध्ययन, अनुसन्धान गरी उत्खनन गर्न नेपाल सरकार लागिरहेको बताए । मन्त्री भण्डारीले दैलेखमा पेट्रोलियम पदार्थ भएको पुष्टि भएमा पेट्रोलियम पदार्थको आयात होइन निर्यात गर्ने मुलुककारूपमा नेपाल चिनिने धारणा समेत राखे । मुख्य ड्रिलिङको काम सक्नेबित्तिकै पेट्रोलियम पदार्थको भए/नभएको पत्ता लाग्ने र थप अन्वेषण तथा उत्खननका कामहरू हुने मन्त्री भण्डारीको भनाइ छ ।

खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितले मुख्य ड्रिलिङको काम सुरु भएको चार महिनाभित्र सम्पन्न गरिसक्ने गरी काम भइरहेको जानकारी दिएका छन् । चीनको केरुङ नाकाबाट अन्य उपकरण ल्याउने तयारी भइरहेको बताइएको छ ।

तत्कालीन समयमा भारतले लगाएपछि नाकाबन्दी लगाएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले परियोजनाको कार्य सुरु गरेका थिए ।

दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्न २०७२ चैतमा चीन र नेपालबिच प्रधानमन्त्रीस्तरीय द्विपक्षीय समझदारी भएको थियो । २०७६ फागुनमा विभाग र चिनियाँ जियोजिकल सर्भे कम्पनीबिच अन्वेषण र उत्खनन् गर्न २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सम्झौता भएको थियो ।

Health Tips Ad Road Block