skip this News Page Tips Ad Road Block

आज १ हजार २५० मेट्रिक टन डिएपि मल नेपाल आइपुग्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । नेपालमा आज १ हजार २५० मेट्रिक टन डिएपि मल आइपुग्ने भएको छ । ग्लोबल टेन्डरमार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक डि ए पि मल भारतको कोलकात्ता बन्दरगाहमा १० जुलाईमा आइपुगेको थियो। सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल १ गते नेपालतर्फ ढुवानी सुरु भएको र सो मल आज ४ गते नेपाल आईपुग्ने कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।

बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) को काम भइरहेको मन्त्रालयको भनाइ छ । प्याकेजिङ सम्पन्न भएसँगै आज अर्को एक रेक वीरगञ्ज चलान भएको र बाँकी क्रमशः नेपाल भित्रिने मन्त्रालयले जनाएको छ ।

त्यस्तै ३०,००० मे टन युरिया मल समेत कलकत्तामा आईपुगेको र हाल अनलोडिङ र ब्यागिङ भइरहेको हुँदा आज एक रेक वीरगञ्जका लागि लोडिङ गर्ने तयारि भइरहेको कृषि सामग्री कम्पनीले जानकारी दिएको मन्त्रालयको भनाइ छ ।

Health Tips Ad Road Block