skip this News Page Tips Ad Road Block

आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु, २१ खर्ब २४ अर्बको बजेट कार्यान्वयनमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ ।

साउन १ गते शुक्रबार (आज)देखि सरकारको आम्दानी र खर्चको नयाँ खाता पनि सञ्चालनमा आएको छ ।

वर्षभरि सरकारले गर्ने आम्दानी र खर्चको अनुमान गरिने नयाँ बजेट पनि शुक्रबारदेखि नै कार्यान्वयन हुन थालेको छ ।

चालु आर्थिक वर्षका लागि बजेटमा सरकारले आम्दानी र खर्च बढाउने तथा विकासका कार्यक्रम कार्यान्वयन गर्न नयाँ नयाँ व्यवस्था लागु गरेको छ त्यो पनि आजदेखि सुरु भएको छ । सरकारले संवैधानिक प्रावधान अनुसार गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आजदेखि लागु हुने नयाँ आवको बजेट प्रस्तुत गरेको थियो ।

सरकारका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

सरकारले साउन १ गतेदेखि लागु गर्ने गरी बजेट सार्वजनिक गरे पनि केही कर पनि बजेट प्रस्तुत गरेकै दिनबाट लागु हुन्छन् । खास गरी भन्सार महसुल, अन्तःशुल्क, विलासिता शुल्क जेठ १५ गतेदेखि नै लागु भइसकेका छन् । यसबाहेक व्यक्तिगत तथा संस्थागत आयकर, शिक्षा तथा स्वास्थ्य समता शुल्क आजदेखि लागु हुँदैछन् ।

Health Tips Ad Road Block