काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल ई बिज म्यानेजमेन्ट प्रालिलाई प्रदान गरेको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र रद्द गरेको छ ।
नेपाल ई बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेडले २०७७/११/१८ मा भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र दिइएको थियो ।
भुक्तानी तथा फस्र्योट ऐन, २०७५ को दफा १३ (६) को व्यवस्थाबमोजिम स्वतः रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ ।
संस्थाले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकहरूको संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न केन्द्रीय बैंकले अनुरोध गरेको छ ।





















