काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
मूल्य तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य तोलामा ९० रुपैयाँले घटेर प्रतितोला ४३२५ रुपैयाँमा आइपुगेको छ ।





















