डोल्पा । स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँसहित २ जना पक्राउ परेका छन् । बुधबार डोल्पा जिल्लाको त्रिपुरासुन्दरी न.पा. वडा नं.०१ त्रिपुराकोट बजार स्थित भेरी करीडोर सडक खण्डमा उनीहरु पक्राउ परेका हुन् ।
जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रतिनिधिको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा ११ जना र स.प्र.बल नेपाल नं. ४६ गुल्म हे. क्वा. डोल्पाबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १० जना समेत गरी २१ जनाको संयुक्त सुरक्षा टोलीले चेकजाँच गर्ने क्रममा दुनैबाट छलतर्फ जाँदै गर्दा उनीहरु पक्राउ परेका हुन् ।
मे १३ प ९२६५ नम्बरको मोटर साईकलका चालक जिल्ला डोल्पा त्रिपुरासुन्दरी न.पा.वडा नं.०७ छल बस्ने वर्ष ३२ का विष्णुलाल रोकाय र उक्त मोटर साईकलमा पछाडी सवार ऐ, बस्ने वर्ष ४२ का भक्ति चन्द्र रोकाय पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट तत्काल स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ फेला पारी उक्त रकमसहित निजहरु दुवै जनालाई कानुन बमोजिम नियन्त्रणमा लिएको, र सो सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।





















