काठमाडौं, नेपाल । नेपाली घरपरिवारमा रेफ्रिजरेटर आज केवल खाना चिसो राख्ने उपकरण मात्र रहेन। यो परिवारको स्वास्थ्य, दैनिक सुविधा, समय व्यवस्थापन र घरको समग्र शान्तिसँग जोडिएको महत्वपूर्ण हिस्सा बनेको छ। यही भावनालाई केन्द्रमा राख्दै सीजी इलेक्ट्रोनिक्स, गोदरेज एप्लायन्सेसको नेपालका लागि आधिकारिक वितरकले गोदरेज रेफ्रिजरेटरमार्फत ‘घरको शान्ति, मनको शान्ति’ सन्देशलाई नेपाली उपभोक्तामाझ प्रभावकारी रूपमा अघि बढाइरहेको छ।
आजको व्यस्त जीवनशैलीमा घरमा ताजा खाना उपलब्ध हुनु, खाद्य सामग्री लामो समयसम्म सुरक्षित रहनु र दैनिक भान्साको व्यवस्थापन सहज हुनु आफैंमा ठूलो राहत हो। गोदरेज रेफ्रिजरेटरले आधुनिक प्रविधि, ऊर्जा दक्षता, स्मार्ट स्टोरेज समाधान र भरपर्दो प्रदर्शनमार्फत यही राहतलाई व्यवहारमा उतार्दै आएको छ।
कम्पनीका अनुसार गोदरेजका नवीनतम रेफ्रिजरेटरहरूमा AI Powered Technology, Food Load Tracking, Usage Monitoring, Smart Defrost, Nano Shield Technology, ३० दिनसम्म ताजगी कायम राख्ने क्षमता, 4-in-1 Convertible Modes, Smart Convertible Zone तथा Advanced Capillary Technology जस्ता सुविधाहरू उपलब्ध छन्। यी विशेषताहरूले खाद्य सामग्रीलाई ताजा, सुरक्षित र व्यवस्थित राख्न सहयोग पुर्याउँदै उपभोक्ताको दैनिक जीवनलाई अझ सहज बनाउँछन्।
व्यस्त कामकाजी परिवारले हप्ताको एक पटक तरकारी, फलफूल र दुग्धजन्य सामग्री खरिद गर्दा तिनलाई लामो समयसम्म ताजा राख्नु ठूलो चुनौती हुन्छ। गोदरेज रेफ्रिजरेटरको ताजगी कायम राख्ने क्षमता, Food Load Tracking र Usage Monitoring जस्ता स्मार्ट सुविधाले खाद्य सामग्रीको अवस्था र प्रयोगलाई अझ व्यवस्थित बनाउन सहयोग गर्छ। यसले दैनिक बजार जानुपर्ने तनाव घटाउँछ, खाना खेर जाने सम्भावना कम गर्छ र घरको भान्सालाई थप सहज बनाउँछ।
त्यस्तै, बालबालिकाको टिफिन, पाहुना आउँदा तयार पारिने परिकार वा चाडपर्वका लागि राखिने खाद्य सामग्री सुरक्षित राख्नु हरेक घरको प्राथमिकता हो। गोदरेजको Nano Shield Technology, Smart Defrost, Convertible Modes र Smart Convertible Zone जस्ता सुविधाले फरक–फरक प्रकारका खाद्य सामग्रीलाई आवश्यकता अनुसार सुरक्षित र व्यवस्थित रूपमा राख्न मद्दत गर्छ। यसले घरमा अचानक पर्ने काम, पाहुना वा दैनिक भान्साको तयारीमा आत्मविश्वास बढाउँछ। यही आत्मविश्वास नै घरको शान्ति र मनको शान्तिको आधार हो।
गोदरेजका सिंगल डोर, डबल डोर तथा साइड-बाइ-साइड रेफ्रिजरेटरहरू नेपालभरिका सीजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलर नेटवर्क, शोरुम तथा सीजी डिजिटल प्लेटफर्ममार्फत उपलब्ध छन्। उपभोक्ताले आफ्नो परिवारको आकार, भान्साको आवश्यकता र जीवनशैलीअनुसार विभिन्न मोडलहरू छनोट गर्न सक्नेछन्। गोदरेजका भिसी कुलर, रेफ्रिजेरेटर, चेस्ट फ्रिजर, वासिङ मेसिन, माइक्रोवेभ ओभन तथा एयर कन्डिसनरलगायतका उत्पादनहरू पनि नेपाली बजारमा लोकप्रिय रहँदै आएका छन्। कम्पनीले आधुनिक प्रविधियुक्त तथा उपभोक्तामैत्री उत्पादनमार्फत नेपाली ग्राहकहरूको आवश्यकता पूरा गर्दै आइरहेको छ।





















