काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउन प्रमुख उद्योगी तथा व्यवसायीहरूसँग आज एक विशेष संवाद गर्दैछन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साढे ११ बजे आयोजना हुन लागेको उक्त उच्चस्तरीय बैठकमा देशको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सरकारी–निजी क्षेत्रको सहकार्यका विषयमा गहन छलफल हुने प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ।
बैठकमा निजी क्षेत्रको नेतृत्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अन्जन श्रेष्ठ र एफएनसीसीआईका उद्योग समिति सभापति उज्ज्वल कुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघ (सीएनआई) का निवर्तमान अध्यक्ष राजेश कुमार अग्रवाल र महानिर्देशक डा.घनश्याम ओझा तथा नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेश कुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मलहोत्रालगायतको उपस्थिति रहने प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ।





















