skip this News Page Tips Ad Road Block

सर्वसाधारणका लागि सानिगाड हाइड्रोको ४६ करोडभन्दा बढीको आईपीओ खुल्यो !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सर्वसाधारणका लागि सानिगाड हाइड्रो लिमिटेडले आज जेठ १८ गते सोमबारदेखि साधारण शेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ करोड ७४ लाख रुपैयाँ बराबर अर्थात् ४६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओ निष्काशन बन्द छिटोमा जेठ २१ गते र ढिलोमा असार १ गते हुनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।

Health Tips Ad Road Block