skip this News Page Tips Ad Road Block

पोखराको अमरसिंहचौरमा डोजर लगाएर घरटहरा हटाइए

Citizenlife ad 2082 falgun to baishak 2083

लेखनाथ । पोखरा महानगरपालिका–१२ स्थित अमरसिंहचौरका घरटहरा डोजर लगाएर हटाइएका छन् । त्यहाँ व्यवसाय गर्दै आएका अधिकांश व्यवसायीहरूले आफैं टहरा हटाए पनि बाँकी संरचना आज बिहान डोजर प्रयोग गरी हटाइएको हो ।

अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको खेलमैदानको दक्षिणतर्फ पृथ्वी राजमार्गसँग जोडिएको करिब ६ रोपनी क्षेत्रफलमा ५२ वटा टहरा रहेका थिए । सहरी सौन्दर्यीकरणका दृष्टिले पोखराको मुख्य प्रवेश मार्गमा रहेका ती टहराका कारण क्षेत्र अस्वाभाविक देखिँदै आएको थियो ।

टहरा हटाइएसँगै व्यवसायीहरूले महानगरपालिकाको सहरी सौन्दर्यीकरण अभियानमा सहयोग गरेको भन्दै नगर प्रमुख धनराज आचार्यले धन्यवाद दिएका छन्

वि.सं. २०३५ सालदेखि व्यवसायीहरूले सो क्षेत्रमा टहरा निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

Health Tips Ad Road Block