काठमाडौं । सामाजिक सञ्जाल मार्फत महिलालाई दुख हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा काभ्रे रोशी गाउँपालिका–११ घर भएका २३ वर्षीय समिर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
टिकटक लगायतका सामाजिक सञ्जालमा पीडितको फोटो राखी ब्ल्याकमेल गर्ने तथा व्यक्तिगत फोटो भिडियो बाहिर ल्याई दिन्छु भनि धाक धम्की दिई पीडितबाट आर्थिक लाभ लिएको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका–१४ कलंकीबाट पक्राउ गरेको हो ।
उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन र आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





















