skip this News Page Tips Ad Road Block

हुँदा हुँदा नक्कली गहना धितो राखी ठगी, तीन जना पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नक्कली गहना धितो राखी ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ बस्ने ४५ वर्षीया मिना कुमारी सुनुवार, भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ बस्ने दोलखा वैतेश्वर गाउँपालिका–१ घर भएका ३८ वर्षीय कालीदास धतानी र भक्तपुर नगरपलिका–८ बस्ने झापा अर्जुनधारा नगरपालिका–३ घर भएका २७ वर्षीय अजित विश्वकर्मा रहेका छन् ।

ललितपुरका एक सुनचाँदी व्यवसायीलाई मेरो आमा बिरामी हुनु भएकोले उपचारको लागि रकम आवश्यक परेको र सुन धितो राखी रकम माग गरी नक्कली बिल बिजक बनाई विश्वास दिलाई सुनको लेप लगाएको नक्कली सुन राखी ५ लाख ऋण लिई ठगी गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

साथै प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीको जस्तो देखिने विभिन्न गरगहना समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Health Tips Ad Road Block