Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

५० मेगावाट क्षमताको दिव्यज्योति हाइड्रोपावरको मर्स्याङ्दी जलविद्युतका लागि लगानी जुट्यो, सिटिजन्स बैंकको अगुवाइ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । दिव्यज्योति हाइड्रोपावर लिमिटेडले लमजुङ जिल्लाको बेंसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिका भएर बहने मर्स्याङ्दी नदीमा निर्माण गरिरहेको ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन कार्य सम्पन्न भएको छ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच कम्पनी र ऋण लगानी गर्ने बैंकका प्रतिनिधिहरूले ऋण लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। कुल ११ अर्ब ३० करोड रुपैयाँ अनुमानित लागत रहेको यस आयोजनामा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अगुवाइमा ७ अर्ब ५० करोड रुपैयाँ सह–वित्तीयकरण कर्जामार्फत व्यवस्थापन गरिने भएको छ भने बाँकी ३ अर्ब ८० करोड रुपैयाँ कम्पनीले स्वपूँजीमार्फत जुटाउने छ। मुख्य लगानी अपि पावर कम्पनी लिमिटेडको रहेको छ । यस्तै कन्सोटियम बैंकहरुमा प्रभु, नेपाल एसबीआई, सानिमा र एनआईसी एशिया बैंक रहेका छन् ।

आयोजना निर्माणको अवधि ४ वर्ष तोकिएको भए तापनि आगामी ३० महिनाभित्रै काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्रता दिइएको अपि पावर कम्पनी लिमिटेडका निर्देशक सञ्जिव न्यौपानेले जानकारी दिए । यस आयोजनाबाट उत्पादित बिजुली विद्युत गृहबाट करिब ८ किलोमिटर टाढा रहेको नेपाल विद्युत प्राधिकरणको १३२ केभी क्षमताको उदिपुर सब–स्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

कम्पनीले यसअघि नै कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग २०७५ भदौ १० गते विद्युत खरिद–बिक्री सम्झौता गरिसकेको छ। त्यस्तै २०७४ असोज १ गते ऊर्जा मन्त्रालय, विद्युत विकास विभागबाट आयोजनाले उत्पादन अनुमति पत्र प्राप्त गरेको थियो। वित्तीय व्यवस्थापनको काम सकिएसँगै आयोजनाको निर्माण कार्यले थप गति लिने दिव्यज्योति हाइड्रोपावरका अध्यक्ष सतिश न्यौपानेको विश्वास रहेको छ ।

सम्झौता कार्यक्रममा नेपालको जलविद्युत क्षेत्रमा लगानी प्रवद्र्धन गर्दै ऊर्जा आत्मनिर्भरतामा टेवा पुरÞ्याउने उद्देश्यका साथ आयोजनाको वित्तीय व्यवस्थापन कार्यमा सहभागी भएको सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए । उनले उचित वातावरण बनाइदाँ बैंकहरुको हाइड्रो क्षेत्रमा उल्लेख्य लगानी बढ्ने दबी गरे ।

कार्यक्रममा देशमा निजी क्षेत्रबाट विद्युत आयोजना सुरु गर्ने अग्रज गुरुप्रसाद न्यौपानेले अब जलासययुक्त आयोजना निर्माणतर्फ लाग्नुपर्ने भन्दै सबैलाई उत्प्रेरित गरे । देशको विकास र राष्ट्रको भविष्य विद्युतको विकासबाट सम्भव हुने भन्दै यो आधारभूत पूर्वाधार भएकाले यसको निर्माणमा कन्जस्याँइ नगर्न उनको आग्रह छ ।

कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्की उःर्जा क्षेत्रमा बैंकहरुले लगानी बढाउँदै जानुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा हाइड्रोपावरका प्रबन्ध निर्देशक इन्द्रमणि त्रितालले आयोजना निर्माणका विविध पक्षमा जानकारी दिएका थिए ।

Health Tips Ad Road Block