Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आजदेखि संसदको बजेट अधिवेशन सुरु हुँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आजदेखि संसदको बजेट अधिवेशन सुरु हुँदैछ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आह्वान गरेका हुन् ।

बजेट अधिवेशन अन्तर्गत रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम मिति २०८३ आज ४ बजे सङ्घीय संसद्‌को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् । त्यसका लागि सबै सदस्यहरुलाई ३ः४५ बजे अगावै उपस्थित हुन भनिसकिएको छ ।

बैठक प्रतिनिधि सभा कक्ष (बहुउद्देश्यीय कक्ष), सिंहदरबारमा हुनेछ ।

आजको प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशनसँगै सरकारको वार्षिक नीति तथा कार्यक्रम पेसका लागि संयुक्त सदनको बैठकसमेत बस्ने बताइएको छ ।

 

Health Tips Ad Road Block