सिन्धुपाल्चोक । वर्षाका कारण तातोपानी नाकास्थित कोदारी राजमार्ग पाँच दिनदेखि पूर्ण रूपमा बन्द भएको छ ।
नाकाको एक किलोमिटर दुरीमा खसेको पहिरोले नाका सडक पूर्ण रूपमा बन्द भएको हो । इको
पहिरो क्षेत्रमा सडक भासिएर भोटेकोशी नदीमा मिसिएकाले मालवस्तु बोकेका कन्टेनरलगायत सम्पूर्ण यातायातका साधन पूर्ण रूपमा बन्द भएका छन् ।
पाँच दिनदेखि सडक बन्द हुँदा चीनबाट तातोपानी नाका हुँदै तातोपानी भन्सार कार्यालयमा जाँचपासका लागि आउन थालेका कन्टेनरका फलफूलजन्य सामान कुहिन थालेको व्यवसायीले बताएका छन् ।
नाका बन्द हुँदा चीनबाट यस क्षेत्रमा आइपुगेका दर्जन बढी कन्टेनरमा रहेका स्याउ, लत्ताकपडा, विद्युतीय सामग्रीलगायतका सामान बाटोमै रोकिएका छन् ।






















