काठमाडौँ । आजदेखि सरकारले देशैभर “राष्ट्रिय पोषण लेखाजोखा अभियान” सञ्चालन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकाको पोषण सुधारका लागि देशभर यो अभियान सञ्चालन गरेको हो ।
अभियानअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था जाँच गरी कुपोषणको समयमै पहिचान र उपचार गर्ने उद्देश्य राखिएको छ ।
यस अभियान अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा नजिकैको स्वास्थ्य संस्थामार्फत बालबालिकाको पाखुराको मध्य भागको घेरा नापेर पोषणको स्थिति पत्ता लगाइन्छ र कुपोषण देखिएका बालबालिकालाई बहिरङ्ग उपचार केन्द्रमार्फत ु तयारी उपचारात्मक खाना निःशुल्क उपलब्ध गराइने मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले आफ्ना बालबालिकालाई कुपोषणबाट जोगाई स्वस्थ भविष्य सुनिश्चित गर्न यस राष्ट्रिय अभियानमा सहभागी भई नियमित पोषण जाँच गराउन सबै अभिभावकहरूलाई अनुरोध गरेको छ।
अभियान वैशाख ३० गतेसम्म सञ्चालन हुने छ ।






















