काठमाडौं । लगातार घटिरहेको सुनको मूल्य साताको अन्तिम कारोबार आज शुक्रबार पनि घटेको छ ।
आज सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ रहेको छ ।
चाँदीको मूल्य पनि घटेर प्रतितोला ४९४५ रुपैयाँ रहेको छ । हिजो चाँदी प्रतितोला ५०२० रहेको थियो ।






















