काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँले घटेको छ ।
मूल्य घटेर सुन प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको मूल्य बढेर २ लाख ९९ हजार रुपैयाँमा पुगेको थियो ।
आज चाँदीको मूल्य तोलामा १५० रुपैयाँले घटेर प्रतितोला ४८७५ रुपैयाँमा आइपुगेको छ ।






















