skip this News Page Tips Ad Road Block

हवाई इन्धनको मूल्य लिटरमा १२४ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंको प्रतिकिलोलिटर अमेरिकी डलर ८१९ ले बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले हवाई इन्धनको मूल्य लिटरमा १२४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंको प्रतिकिलोलिटर अमेरिकी डलर ८१९ ले बढाएको छ । विगत एक महिनादेखि मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको कारण यसरी मूल्यवृद्धि गर्नुपरेको निगमले जनाएको छ। सो युद्धका कारण पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमूल्य वृद्धि भई इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य अनुसार स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन गरेको निगमले जनाएको छ । वृद्धि भएको मूल्य आज बिहानैदेखि लागु भएको छ ।

निगमले अरु पेट्रोलियम पदार्थको मूल्य भने यथावत् राखिएको जनाएको छ ।

निगमले जनाएअनुसार १५ दिन अर्थात् १६ मार्च देखि ३१ मार्चसम्म निगमलाई ५ अर्व रुपैयाँ घाटा यथावत रहेको छ। मार्च ३१ मा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर रु.४१.६०, डिजलमा प्रतिलिटर रु.९४.९३ तथा हवाई इन्धनमा प्रतिलिटर रु.१२३.८ र एलपि ग्यासमा प्रति सिलिण्डर रु.१९०.३६ ले वृद्धि भएर आएको निगमले जनाएको छ।

पछिल्लो पटक निगमले मार्च २५, २०२६ मा बिक्री मूल्यमा पेट्रोलमा प्रति लिटर रु.१५ र डिजलमा प्रति लिटर रु.१५ समायोजन गरेको थियो। तथापि, १६ मार्चमा आएको खरिद मूल्य अनुसार समायोजन हुन नसक्दा प्रति लिटर पेट्रोलमा ४७.१२ प्रति लिटर डिजेलमा रु.१३३.४५ तथा एलपि ग्यासमा रु.४१६.३७ प्रति सिलिण्डर घाटा हुने निगमको भनाइ छ । यसरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्य वृद्धि भइरहँदा र सोही अनुसार मूल्य समायोजन हुन नसक्दा पाक्षिक रुपमा निगमलाई रु. १३ बर्ष २१ करोड घाटा हुने स्थिति रहेको जनाएको छ ।

इण्डियन आयल कर्पोरेशनवाट हालसम्म माग बमोजिमको परिमाणमा पेट्रोलियम पदार्थको आपूर्ति भइरहेतापनि तोकिएको समयमै भुक्तानी दिन नसक्दा आपूर्ति व्यवस्थापन प्रभावित हुने निगमको भनाइ छ ।

निगमले उपभोक्ताको हितलाई मध्यनजर गर्दै र निगमसँग रहेको मूल्य स्थिरिकरण कोषको समेत उपयोग गर्ने गरी अन्य पेट्रोलियम पदार्थको मूल्य साविकको मूल्यलाई नै यथावत राखिएको स्पष्ट पारेको छ ।

Health Tips Ad Road Block