ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सन नेपाल लाइफका सिईओ पक्राउ पर्नुको कारण यस्तो छ !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रहरीले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) राज कुमार अर्याललाई सोमबार पक्राउ गर्यो । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा प्रमुख कार्यकारी अधिकृत अर्याललाई सिआईबीले पक्राउ गरेको हो ।

किन पक्राउमा परे उनी ? यस्तो छ सिआइबीको भनाइ

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सोही कम्पनीमा कार्यरत कर्मचारीहरुलाई छुट्याएको शेयर बाँडफाँड सम्बन्धमा नियमनकारी निकायले माग गरेको विवरण/कागजात पेश गर्दा उक्त कम्पनीबाट प्राप्त सक्कल आवेदन फाराम र सो को प्रतिलिपिहरूको विवरण फरक फरक निकायमा पेश गर्दा फरक फरक देखिएको आधारमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०० विपरित कसुर गरेको देखिन आएको भन्ने नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जिल्ला गुल्मी, गुल्मी दरबार गाँउपालिका–५ वतन भई हाल जिल्ला काठमाण्डौ, कामनपा १६ बनस्थली बस्ने वर्ष ५१ को राज कुमार अर्याललाई सम्मानित काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमती प्राप्त भई निजलाई मिति २०८२/१२/१६ गते काठमाडौँ कामनपा वडा नं. २९ न्यूप्लाजा पुतलीसडकबाट पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको छ।

Health Tips Ad Road Block